कास्की - रोटरी क्लब अफ न्युरोड, पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कुलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ।
पहिलो दिन कक्षा ५ सम्मका ५ सय ५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए। मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा २ चिकित्सकसहित ५ जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो। बाँकी विद्यार्थीको पुनः अर्को हप्ता परीक्षण गरिने उनले बताए।
बाँस्तोलाले भने, “वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएक छौँ।” परीक्षणका क्रममा २५ जनाको आँखामा समस्या देखिएपछि क्लबले निःशुल्क औषधि प्रदान गरेको छ। समता स्कुलले विद्यार्थीसँग मासिक रु. १ सय लिएर अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ। (रासस)