काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्। तीन दशक लामो अभिनय यात्रापछि २०७५ सालमा उनले एसईई दिएकी थिइन् ।
करिश्माले कक्षा ७ बाट अध्ययन गरेको मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।
यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसईईमा सहभागी भएका थिए।