काठमाडौँ – किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौँको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ। केन्द्रले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।
आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समुदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त साँस्कृतिक कार्यक्रम काठमाडौँ जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए।
उक्त कार्यक्रममा यलम्बर साँस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशिसहित वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गर्ने संगठनको निर्णयपनि सार्वजनिक गरिएको हो। त्यस्तै, किराती नव–साँस्कृतिक सम्मान नगद रु तीस हजार राशिसहित वरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद रु बीस हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।
उक्त साँस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डक्टर किरातले जनाए।