काठमाडौँ । अबिर या लोला खेल्दै हुनुहुन्छ भने सचेत रहनुहोस। होलीमा खेलिने रंगमा रासायिनिक विषाक्त पदार्थ हुने भएकाले आँखा र छाला बचाउन चिकित्सकले सुझाब दिएका छन्।
यस्ता रंग तथा अबिरले छालालाई नोक्सान गर्नुको साथै आँखालगायत संवेदनशील अंगमा असर पुर्याउँछ। वर्षेनी होलीमा आँखाभित्र रंग, अबिर परेर वा लोलाले चोट लागेर दृष्टिमा क्षति पुग्ने गरेको छ।
कसैकसैले ढल, नालीको पानी, डढेको मोबिल, ग्रिज प्रयोग गर्छन। यो झनै जोखिमपूर्ण हो। रंगमा थुप्रै मात्रामा वाइल कलर, केमिकल डाइ, विषाक्त पदार्थ र छालालाई नोक्सानी पुर्याउने तत्व हुन्छ। रसायनको विषाक्त असरले आँखाको नानीको पारदर्शितामा समेत नकारात्मक असर पर्न सक्छ। यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।