काठमाडौँ । फागुन २४ गते मुलुकका विभिन्न भागमा सम्पन्न मुख्य कार्यक्रम र घटनाहरु तस्वीरमा
पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउत र सरकारबीच ११ बुँदे सहमति । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री राम बहादुर बादललगायत ।
तस्वीरः मुकुन्द कालिकोटे
१. दैलेख महोत्सव २०७५ तथा कर्णाली प्रदेश स्तरीय उद्यम, कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभा सदस्य धर्मराज रेग्मी ।
तस्वीरः हिक्मत बहादुर नेपाली
२. जिल्ला प्रहरी कार्यालय भोजपुरले छापा मारेर टेम्केमयैङ गाउँपालिका–२ बाट दुई थान भरुवा बन्दुक, भालुको पञ्जा, रेडपान्डाको छालासहित विभिन्न जनावरको छाला वरामद गरेको हो । प्रहरीले छापामार्दा फेला परेको सामग्री सार्वजनिक गरेको हो ।

तस्वीर: युवराज विष्ट
३. दोस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा विजयी बनेको भोजपुर नगरपालिका–११ आम्तेकलाई ट्रफीको साथमा पहिलो पुरस्कार हस्तान्तरण गर्दै भोजपुर नगरपालिका मेयर कैलाशकुमार आले । आम्तेकले उपाधिसँगै नगद दुई लाख ट्रफी र मेडल मेडल हात पारेको हो ।
तस्वीरः युवराज विष्ट
४. राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा सञ्चालन भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्र्तगत कञ्चनपुरको भीमदत्तनगरमा शुक्रवार आयोजित सभामा सहभागी पार्टीका अध्यक्ष कमल थापालगायत ।
तस्वीरः राजेन्द्रप्रसाद पनेरु
५ कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्यको शुभारम्भ कार्यक्रमस्थलतर्फ जानुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत ।
तस्वीरः राजेन्द्रप्रसाद पनेरु
६. १०९ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको दिक्तेलबजारमा शुक्रबार निकालिएको ¥यालीमा सहभागी महिला
७. इलामको फाकफोकथुम गाउँपालिका–३ स्थित ह्यारो पोइन्ट एकेडेमीका विद्याथी शुक्रवार नृत्य प्रदर्शन गर्दै ।
तस्वीरः गोविन्द लामिछाने
८. खोल्सै पिच्छे खानी र क्रसर काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा रहेको खोला र खोल्सा नै पिच्छे सञ्चालन गरेको खानी र क्रसर । जिल्ला समन्वय समितिले अनुगमन गरी जिल्लामा विना दर्ता र मापदण्ड विपरितका खानी तथा क्रसर बन्द गर्ने जनाए पनि केही खानी तथा क्रसर भने सञ्चालन भईरहेका छन् ।
तस्वीरः पेमा लामा
९. नेपाली लेखक संघ कास्कीको आयोजनामा मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को शुक्रवार पोखरामा लोकर्पण गर्दै साहित्यकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, नेपाली लेखक संघ कास्कीका अध्यक्ष गणेश शर्मालगायत ।
तस्वीर: वासुदेव पौडेल
१०. कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ११ अमरपुरस्थित सरस्वती माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शुक्रबार नृत्य देखाउँदै विद्यालयका विद्यार्थी ।
तस्वीर: राजेन्द्रप्रसाद पनेरु
११. कञ्चनपुरसुदूरपश्चिम साईकल यात्रा २०७५ का सहभागीहरुलाई कञ्चनपुरको झलारी बजारमा स्वागत गर्दै झलारी पिपलाडी उद्योग बाणिज्य संघका प्रतिनिधिलगायत । पर्यटन वर्ष २०२० लाई सफल बनाउन र कैलाली कञ्चनपुरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरिएको छ ।
तस्वीर राजेन्द्रप्रसाद पनेरु
१२. नारी दिवसको रौनक १०९ औँ अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा टप्पा नृत्य प्रस्तुत गर्दै त्रिपुराकोट गाउँका महिलाहरु ।
तस्वीर : रामचन्द्र न्यौपाने
१३. डोटीको सायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा जिल्लाको सायल गाउँपालिकामा सञ्चालन गरीएको घुम्ति शिविरमा नागरिकता लिन लाईन लागेका स्थानीयहरु ।
तस्वीर: विमलबहादुर विष्ट
१४. गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शुक्रवार पोखरामा आयोजना गरेको आन्तरिक पर्यटन वर्षको सन्दर्भमा होमस्टे व्यवस्थापन सम्बन्धी सम्झौता होमस्टे सञ्चालकलाई हस्तान्तरण गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।
तस्वीर : कृष्ण दवाडी
१५. पाल्पाको रामपुर नगरपालिकाको आयोजनामा शुक्रवार भएको १०९ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश नं ५ का प्रदेश सभासद रमा घर्तीबाट सम्मानित हुँदै पाल्पाका राससकर्मी सुशीला रेग्मी ।
१६. अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा चेतनामुलक गीत गाउँदै लोक तथा दोहोरी गायक बद्री पँगेनी ।
तस्वीर: निरा गौतम
१७. चिनिया राजदूतावासद्वारा १०९ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै नेपालका लागि चिनिया राजदूत हउ यान्छी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डा.आरजु देउवा ।
तस्वीर: रत्न श्रेष्ठ,
१९. चिनिया राजदूतावासद्वारा १०९ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत हउ यान्छीसँग प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्यलगायत । तस्वीर : रत्न श्रेष्ठ,
२०. चिनिया राजदूतावासद्वारा १०९ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रममा नेपाली गीतमा नृत्य प्रस्तुत गर्दै नेपालका लागि चिनिया राजदूत हउ यान्छीलगायत ।
तस्वीर : रत्न श्रेष्ठ
२१. मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–४ स्थित सिम्लेमा गएराति झापाबाट ताप्लेजुङतर्फ गइरहेको बा १ झ ९८९८ नम्बरको दुर्घटना भएको सरकारी सवारी साधन । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
तस्बिरः गोविन्द लामिछाने
२२. राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको १५ औँ अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव –२०७५ को उद्घाटन गर्दै ।

तस्बिर : प्रदीपराज वन्त
२३. कैलालीको टीकापुर बजारमा पसेको चितुवा ११ घण्टापछि बिहीबार प्रहरीको नियन्त्रणमा । नियन्त्रणमा लिएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।
तस्बीरः दुर्गा देवकोटा
२६. म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ स्थित घोडेपानीमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक ।
तस्बिरः कमल खत्री
२७. भोजपुरको पुरानो टक्सार वजारको विचमा राखिएको काँस सहित तीनसय ५० किलोग्राम अष्टधातुको करुवा ।
तस्वीर युवराज विष्ट, भोजपुर,
सम्पूर्ण तस्वीर रासस