काठमाडौँ–राहत र बालविकास शिक्षकहरुमाथि प्रहरीले दमन गरेको छ। पेशागत स्थायित्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले उनीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लाग्दा आइतबार पनि राहत र बालविकास शिक्षकहरुमाथि फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। फोहोरा र अश्रुग्यास प्रहारबाट केही शिक्षक घाइतेसमेत भएका छन्।
राहत शिक्षकहरूले आइतबार पनि बानेश्वरमै प्रदर्शन गरेका थियाे।