काठमाडौं – चेतनाको दीप बाल्दै शिक्षा र सामाजिक जागरणको अभियानमा लागेका सीमित विद्यालयमध्येको एक हो –काठमाडौं न्यू क्यासल स्कूल। काठमाडौंको बसुन्धरामा रहेको काठमाडौं न्यू क्यासल स्कूल शैक्षिक क्षेत्रमा नवीनतम् र आधुनिक पद्धतिको प्रयोग गर्दै विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणका लागि अघि बढिरहेको छ।
‘विश्वमा बदलिएको शैक्षिक परिवेशलाई म्याच गर्नेगरी शिक्षा प्रदान गर्नु हामीले आफ्नो दायित्व सम्झेका छौं,’ न्यू क्यासल स्कूलका प्रबन्ध निर्देशक अरुण श्रेष्ठ भन्छन्, ‘त्यसैले बालबालिकाहरुलाई समयानुकूल गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो जमर्को निरन्तर जारी छ।’
काठमाडौं न्यू क्यासल संस्थागत विद्यालय हो। तीन सय ७० जना विद्यार्थी अध्ययनरत स्कूलमा शिक्षक, शिक्षा र कर्मचारी गरी ४१ जनाको टिम छ। अनुशासनलाई मुख्य ध्यान दिने न्यू क्यासल स्कूलले अतिरिक्त क्रियाकलाप र सिकाईलाई पहिलो प्राथमिकतामा राखेको श्रेष्ठले बताए। ‘कन्टिन्यूस एशेसमेन्ट सिस्टम लागु गरिएको छ, लर्निङ थ्रू एक्टिभिटिज भन्ने मान्यतालाई हामीले प्राथमिकता दिएका छौं,’ उनले भने।
संगीत, नृत्य, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि न्यू क्यासल स्कूलले विशेष प्राथमिकता दिएको छ। आन्तरिक प्रतिष्पर्धासँगै रेडक्रस, स्काउटजस्ता सामाजिक संस्थाहरुमा विद्यार्थीको संलग्नताले उनीहरुको शैक्षिक र बौद्धिक विकासमा सहयोग पुर्याउने बताउँछन् प्रबन्ध निर्देशक श्रेष्ठ।
सन् २००६ मा सञ्चालनमा आएको काठमाडौं न्यू क्यासल स्कूल सन् २००९ बाट नयाँ व्यवस्थापनले लिएको हो। जसमा अध्यक्ष सन्तोष पौडेल रहेका छन्। अरुण श्रेष्ठ प्रबन्ध निर्देशक र श्यामसुन्दर चौधरी प्रिन्सिपल रहेका छन्।
राज्यसँग संस्थागत विद्यालयको अपेक्षा
निजी क्षेत्रबाट सञ्चालित स्कूललाई राज्यले आवश्यक सहयोग नगरेको दृष्टान्त कतै छिपेको छैन। आफै जोखिम मोलेर लगानी गरेका व्यवसायीहरुले शिक्षालाई आम्दानी भन्दापनि सेवाको माध्यम बनाएका छन्।
स्वदेशमै शैक्षिक उन्नति गरौं भनेर खुलेका स्कूलहरुलाई राज्यले सहयोग गरिदिए नेपाली शिक्षाको क्षेत्रमा आमूल परिवर्तन हुन सक्ने धारणा प्रबन्ध निर्देशक श्रेष्ठको छ।
‘सरकारले संस्थागत विद्यालयहरुप्रतिको सोचाई बदल्नु पर्छ, सहयोग र सहकार्यका बाटो रोज्नु पर्छ,’ श्रेष्ठ भन्छन्, ‘सबैभन्दा ठूलो काम चाहिँ नीति निर्माणको हो, लगानी सुरक्षणको ग्यारेन्टीसहित कानून निर्माण भए संस्थागत विद्यालयहरुले नेपाली शिक्षाको क्षेत्रमा कायापलट गर्ने सम्भावना रहेको छ।’