काठमाडौँ । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशमध्येबाट उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए।
राष्ट्रपतिको कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्। नवनियुक्त चारै न्यायाधीशको नाम यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो।