काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्री सवार कारलाई बसले ठक्कर दिएको छ।
बिहीबार काठमाडौंको बबरमहलस्थित सडकमा झाँक्री चढेको कारलाई बसले पछाडिबाट ठक्कर दिएको हो। ट्राफिक प्रहरीका अनुसार बा ४ ख ५२३१ नम्बरको बसले प्रदेश ३–०१ ०२४ च ५७७६ नम्बरको कारलाई ठक्कर दिएको थियो। उक्त घटनामा कारमा सामान्य ठक्कर लागेको जनाइएको छ।