काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ।
वाणगंगा नगरपालिका–३, तीनकुनेस्थित सडकमा मोटरसाइकलले ठक्कर दिँदा वाणगंगा नगरपालिका–४, गजेहडाकी ६३ वर्षीया जलिया थारू गम्भीर घाइते भएकी थिइन्। प्रहरीका अनुसार, उनलाई उपचारका लागि ठाकुरापुरस्थित युनाइटेड अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भयो। दुर्घटनामा संलग्न लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।