काठमडाैँ । स्पेनमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ। स्पेनको टोलेडो क्षेत्रमा भएको उक्त दुर्घटनामा दर्जनौँ मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले दुर्घटनामा कम्तीमा ३९ जनाको मृत्यु भएको जनाएको छ। यद्यपि, मृतकको यो संख्या स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ। दुर्घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुःख व्यक्त गरेका छन्। उनले घटनाबाट आफू स्तब्ध भएको बताउँदै दुर्घटनाबारे यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्। दुर्घटना कसरी भयो र यसबाट कति जनधनको क्षति भयो भन्नेबारे थप विवरण आउन बाँकी छ।