काठमाडौं ।नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगको संख्या तथा सञ्चालन प्रणाली व्यवस्थित बनाउन उद्योगहरू एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ ।
नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३र०८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार ग्यास उद्योग एकीकरणको तयारी थालेको हो ।निगमले गत कात्तिक १२ गते देशभरका ग्यास उद्योगलाई पत्र पठाउँदै एकीकरण नीतिलाई सहयोग गर्न आग्रह गरेको छ । साथै, उद्योगहरूलाई आपसमा गाभ्ने विषयमा आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।
निगमका अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगलाई एकीकृत गर्दा बिक्री तथा वितरण प्रणाली थप व्यवस्थित बन्ने अपेक्षा गरिएको छ । यसले ग्यासको आपूर्ति व्यवस्थापन सहज बनाउनुका साथै उपभोक्तासम्म ग्यास पुर्याउने प्रक्रियामा समेत सुधार ल्याउने विश्वास निगमले लिएको छ ।
उद्योग एकीकरणसम्बन्धी यो पहल स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा समेटिएको व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यले अघि बढाइएको हो ।