काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुँदै गर्दा मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
आइतबारदेखि जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेपछि मतदानस्थल आसपास सुरक्षाकर्मीको उपस्थिति बढाइएको हो।सुरक्षाका कारण मतदानस्थलमा प्रतिनिधिहरूलाई समेत सहज रूपमा प्रवेश गर्न दिइएको छैन। मतदान प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन प्रवेशमा कडाइ गरिएको जनाइएको छ।मतदानस्थलमा प्रवेश गर्ने प्रतिनिधि तथा अन्य व्यक्तिको परिचय र आवश्यक विवरण जाँचपछि मात्रै प्रवेशको व्यवस्था गरिएको छ। मतदानस्थल वरपर पनि सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको छ।