काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको पुरुष एकदिवसीय विश्व वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
नयाँ वरीयताअनुसार नेपाल १६औँ स्थानमा पुगेको छ। नेपालले ३३ वटा खेलबाट ९३९ अंक जोड्दै २८ रेटिङ पाएको छ। नयाँ वरीयतामा नेपालभन्दा अगाडि अमेरिका १५औँ स्थानमा रहेको छ भने नामिबिया १७औँ स्थानमा छ।एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा भारत कायमै छ। न्यूजील्याण्ड दोस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका तेस्रो, अष्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्। नेपालको एक स्थानको सुधारले पछिल्लो वरीयतामा नेपाली क्रिकेट टोलीको स्थिति केही माथि उक्लिएको देखाएको छ।