काठमाडौं ।वीरगञ्जमा चाडपर्वको समयमा यात्रु तथा सर्वसाधारणलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा गराउन ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले आवश्यक सूचना, सहयोग तथा सुरक्षा सेवा उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो।सहायता कक्ष उद्घाटन कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजु कार्की र ट्राफिक प्रहरी प्रमुख दीपेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो।सहायता कक्षबाट यात्रु तथा सर्वसाधारणले यात्रासम्बन्धी आवश्यक जानकारी लिनुका साथै कुनै समस्या परेमा तत्काल सहयोग प्राप्त गर्न सक्ने जनाइएको छ।