काठमाडौं ।वीरगञ्जको बसपार्क चोकमा विद्युतीय सवारी ९ईभी० को ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बसपार्क चोकमा ईभीले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको घटनास्थलमै ज्यान गएको हो। मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन।दुर्घटनापछि प्रहरीले ईभीका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण तथा दुर्घटनाको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।मृतक महिलाको पहिचान खुलाउने तथा घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।