काठमाडौं ।सामान्य वर्षा हुँदा समेत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका केही घरमा पानी पस्ने समस्या दोहोरिएपछि स्थानीयको दैनिकी प्रभावित भएको छ।
केही समय मात्रै पानी परे पनि बस्तीका विभिन्न स्थानमा पानी जमेको र घरभित्रै पानी प्रवेश गरेको दृश्य सार्वजनिक भएको छ। यसले रानीघाटमा लामो समयदेखि देखिँदै आएको जलनिकासको समस्या फेरि उजागर गरेको छ।स्थानीयका अनुसार समस्या समाधान तथा क्षेत्रको विकासका लागि महानगरपालिका र वडा कार्यालयबाट पटक–पटक आश्वासन दिइँदै आएको छ। तर, वर्षा हुनेबित्तिकै उस्तै अवस्था दोहोरिँदा ती प्रतिबद्धता कति कार्यान्वयन भए भन्ने प्रश्न उठेको छ।
स्थानीयले वर्षायाममा हुने डुबानको दीर्घकालीन समाधान खोज्न र प्रभावकारी ढल तथा पानी निकासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।रानीघाटमा वर्षापछि देखिएको अवस्थाले विकासका योजना व्यवहारमा कति प्रभावकारी भए भन्ने विषयमा समेत बहस सिर्जना गरेको छ।