काठमाडौं ।चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न मधेश प्रदेशमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रदेशका विभिन्न जिल्लामा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, सडक सुरक्षा तथा नागरिकको सुरक्षालाई ध्यानमा राख्दै ७ हजार २२९ जना प्रहरी परिचालन गरिएको हो।चाडपर्वका बेला हुने भीडभाड, यात्रुको चाप तथा सार्वजनिक स्थानमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।प्रहरीले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।