काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।राष्ट्र बैंकका अनुसार सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्। त्यसपछि रकम १० करोड रुपैयाँले भाग गर्दा पूरा जाने गरी अधिकतम ३० अर्ब रुपैयाँसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।निक्षेप संकलनको अवधि एक महिना रहने राष्ट्र बैंकले जनाएको छ।