काठमाडौं ।नुवाकोटको बेत्रावतीमा नेपाली सेनाले बेलिब्रिज जडानको काम सुरु गरेको छ।
बाढी तथा विपद्का कारण क्षतिग्रस्त भएको आवागमनलाई सहज बनाउन नेपाली सेनाले बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माण तथा जडानको काम अघि बढाएको हो।बेलिब्रिज जडान भएपछि स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। सेनाले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी पुल जडानको काम अघि बढाइरहेको जनाएको छ।