काठमाडौं ।न्याय परिषद्ले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ।
परिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।सिफारिसमा परेका चारै जना हाल उच्च अदालतमा न्यायाधीशका रूपमा कार्यरत छन्। अब संवैधानिक व्यवस्थाअनुसार उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।