काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ।
पार्टीको १५औँ महाधिवेशन स्थलमै बिहान १० बजे बैठक आयोजना गर्न लागिएको हो। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकको जानकारी गराएका छन्। उनले केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन चलिरहेका बेला बस्न लागेको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ। बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था तथा महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।