काठमाडौं ।बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षीया निशा पटेल र सोही स्थानकी १४ वर्षीया चाँदनी पटेल रहेका छन्।प्रहरीका अनुसार जितिया पर्वका क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन पुगेका दुवै किशोरी शनिबार साँझ पानीमा डुबेर बेपत्ता भएका थिए।घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट बेनौलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पोखरीमा खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खोजीका क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीभित्र दुवै किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ।दुवैको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।