काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई स्वागत गर्दै श्रेष्ठले आफूले केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले आफ्नो उम्मेदवारीमा साथ, सहयोग र समर्थनका लागि महाधिवेशन प्रतिनिधिहरूसँग आग्रहसमेत गरेका छन्। श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधिहरूलाई शुभकामना तथा स्वागत व्यक्त गर्दै आफ्नो उम्मेदवारीलाई अघि बढाउने बताएका छन्।