काठमाडौं । सिद्धार्थ बैंकले दसैँलाई लक्षित गर्दै दराजसँगको सहकार्यमा ‘१०–१० दसैँ धमाका’ योजना ल्याएको छ ।
योजनाअन्तर्गत बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपबाट सामान खरिद गर्ने ग्राहकले निश्चित सीमासम्म छुट पाउनेछन् ।असोज १५ गतेदेखि २६ गतेसम्म लागू हुने योजनामा भिसा डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म, बढीमा एक हजार रुपैयाँ छुट पाइनेछ । त्यस्तै, भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम एक हजार पाँच सय रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।
छुट लिन ग्राहकले दराजको एपमा रहेको ‘मेगा दसैँ छुट १०।१०’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ खण्डमा गएर सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ । संकलन गरिएको भाउचर ग्राहकको दराज खातामा रहेको ‘मेरो भाउचर’ खण्डमा सुरक्षित हुनेछ ।त्यसपछि कम्तीमा एक हजार नौ सय उनान्सय रुपैयाँ बराबरको सामान खरिद गर्दा उपलब्ध भाउचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेबिट वा क्रेडिट कार्ड रोज्नुपर्नेछ । त्यसपछि सिद्धार्थ बैंकको सम्बन्धित भिसा कार्डमार्फत भुक्तानी गरेपछि छुटको सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
दसैँको समयमा अनलाइन खरिदलाई सहज र सुरक्षित बनाउँदै डिजिटल भुक्तानीको प्रयोग बढाउने उद्देश्यले योजना ल्याइएको बैंकको भनाइ छ । बैंकले यसबाट ग्राहकलाई चाडपर्वको किनमेलमा थप सुविधा र आर्थिक लाभ पुग्ने अपेक्षा गरेको छ ।अफर तथा अन्य सेवासम्बन्धी जानकारीका लागि ग्राहकले सिद्धार्थ बैंकको चौबीसै घण्टा सञ्चालनमा रहेको ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।