काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
पूर्वमन्त्रीसमेत रहेकी गुरुङले सहमहामन्त्रीका लागि चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेकी हुन्। उनी हाल कांग्रेसको केन्द्रीय सदस्यका रूपमा रहेकी छन्। गुरुङ यसअघि सभापति शेरबहादुर देउवा पक्षमा रहँदै आएकी थिइन्। पछिल्लो समय भने उनी संस्थापन पक्षमा प्रवेश गरेकी हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।