काठमाडौं । देशमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा बिहानको समयमा केही स्थानमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ। तराई क्षेत्रमा पनि मौसम आंशिक बदली रहने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने देखिएको छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागसँगै तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। तराईका भूभागमा आइतबार बिहान हुस्सु लाग्नसक्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।