काठमाडौं ।वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–३ का ३७ वर्षीय सरोज मल्ल रहेका छन्।प्रहरीका अनुसार मल्लले साइप्रसमा आकर्षक रोजगारी र तलब दिलाइदिने भन्दै एक व्यक्तिबाट ९ लाख ५० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कमा नआएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए।उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले मल्ललाई चाँगुनारायण नगरपालिका–३ बाट नियन्त्रणमा लिएको हो।पक्राउ परेका मल्ललाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।