काठमाडौं ।नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीअन्तर्गत बिहीबार सम्पन्न वडा अधिवेशनबाट देउवा डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बाट क्षेत्रीय प्रतिनिधि बनेका हुन्।पार्टीको इतर समूहले आयोजना गरेको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएको प्रमाणपत्रमा उल्लेख गरिएको छ। उनी उक्त वडाबाट सर्वसम्मत वा बहुमतका आधारमा प्रतिनिधि चयन भएको जनाइएको छ।क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएसँगै देउवाको आगामी महाधिवेशन प्रक्रियामा सहभागिता कायम रहने भएको छ।