काठमाडौं ।वीरगञ्जको विकासलाई गति दिनुपर्ने, सामाजिक न्याय कायम गर्नुपर्ने र सबैका लागि समान अवसर सुनिश्चित गर्नुपर्ने मागसहित मधेश मेट्रो मुभमेन्टले १८ बुँदे माग सार्वजनिक गरेको छ।
मुभमेन्टले शिक्षा र स्वास्थ्यसँगै सडक तथा यातायात पूर्वाधार, सरसफाइ, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायसँग माग गरेको छ।डा। नरवतम झा, राकेश साहनीलगायतको सहभागितामा सार्वजनिक गरिएको मागपत्रमा वीरगञ्जलाई आधुनिक, व्यवस्थित र सुविधासम्पन्न महानगरका रूपमा विकास गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरिएको छ।अभियानले वीरगञ्जको विकाससँग जोडिएका विषयमा निरन्तर आवाज उठाउने र सम्बन्धित निकायलाई खबरदारी गर्ने जनाएको छ।मुभमेन्टले “उपेक्षा होइन, विकास चाहियो, असमानता होइन, सामाजिक न्याय चाहियो” भन्ने नारासहित अभियान अघि बढाएको हो।