काठमाडौं ।बुटवलका युवाले अब मोटरसाइकल स्टन्टदेखि संगीत र सडक कलासम्मको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन्।
युवाको प्रतिभा, ऊर्जा र सिर्जनशीलतालाई केन्द्रमा राखेर पल्सर आरपीएम बुटवलमा आयोजना हुन लागेको हो।कार्यक्रम असोज १७ गते अर्थात् अक्टोबर ३, २०२६ मा बुटवलको ढुंगा स्केट–एड स्केट पार्कमा हुनेछ। कार्यक्रम दिउँसो २ः३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।पल्सर आरपीएममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्याप तथा डिजे प्रस्तुति हेर्न पाइनेछ। त्यस्तै ग्राफिटीसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न सिर्जनात्मक गतिविधि पनि समावेश गरिनेछ।
काठमाडौंमा सुरु भएको यो कार्यक्रम पहिलोपटक राजधानीबाहिर बुटवलमा आयोजना गर्न लागिएको हो। स्थानीय युवालाई आफ्नो प्रतिभा र सीप देखाउने तथा कलाकार र अन्य प्रतिभासँग प्रत्यक्ष जोडिने अवसर दिने आयोजकको उद्देश्य छ।मोटरसाइकल, साहसिक खेल, संगीत र सडक कलालाई एउटै ठाउँमा ल्याएर युवाको आत्मअभिव्यक्ति र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने कार्यक्रमको लक्ष्य रहेको जनाइएको छ।आयोजकले बुटवल तथा आसपासका युवालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।