काठमाडौं ।आईएमईले डिजिटल भुक्तानीसहित वित्तीय सेवा र प्रविधिलाई एकीकृत गर्दै पूर्ण फिनटेक इकोसिस्टम निर्माण गर्ने भएको छ।
आईएमईका अध्यक्ष हेमराज ढकालले कम्पनीले डिजिटल भुक्तानी, आधुनिक वित्तीय सेवा तथा प्रविधिलाई समेटेर समग्र फिनटेक प्रणाली विकास गर्ने योजना अघि सारेका छन्।आईएमईको २६औँ वार्षिक साधारणसभाका क्रममा अध्यक्ष ढकालले कम्पनीको आगामी प्राथमिकता वित्तीय सेवा र डिजिटल प्रविधिलाई थप एकीकृत गर्दै ग्राहकलाई सहज र आधुनिक सेवा उपलब्ध गराउनु रहेको बताएका हुन्।कम्पनीले डिजिटल माध्यमबाट वित्तीय सेवा विस्तार गर्दै प्रविधिमा आधारित नयाँ सेवाहरू विकास गर्ने तयारी गरेको जनाएको छ।