काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री डा.भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा करिब ९ करोडको क्षति विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण दूरसञ्चार पूर्वाधारमा करिब आठ करोड ८५ लाख रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिनुभएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले मोबाइल बीटीएस, वायरलाइन, एफटीटीएच तथा ब्याकबोन ट्रान्समिसनलगायत संरचनामा बाढीले क्षति पुर्याएको बताउनुभयो।उहाँका अनुसार रसुवा, नुवाकोट र धादिङमा रहेका कुल एक सय २० साइटमध्ये ८३ वटा प्रभावित भएका थिए। तीमध्ये त्रिशूली थ्री–बी, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाँकी प्रभावित साइटमध्ये अधिकांश पुनः सञ्चालनमा ल्याइसकिएको मन्त्रीले जानकारी दिनुभयो।
टिमुरेदेखि रसुवागढीसम्म मोबाइल सेवा पुनः सञ्चालन गर्न वैकल्पिक टावरको प्रयोग गरिएको र हेलिकप्टरमार्फत आवश्यक उपकरण तथा सौर्य प्रणाली पुर्याइएको उहाँले बताउनुभयो।मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रता र मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। विज्ञापन बजारलाई व्यवस्थित गर्न सरकारले ‘विज्ञापन नीति २०८३’ ल्याएको उहाँको भनाइ छ।
लोककल्याणकारी विज्ञापनलाई पत्रकारको पारिश्रमिकका रूपमा नभई राज्यको सहयोगका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उहाँले यसको वितरण वर्गीकरण, पहुँच र अवधिका आधारमा पारदर्शी तथा न्यायोचित बनाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो।त्यस्तै, सामाजिक सञ्जालमार्फत हुने ठगी, चरित्र हत्या र गलत तथा भ्रामक सूचना नियन्त्रणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाउने तयारी भइरहेको मन्त्रीले बताउनुभयो।साइबर ठगी नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उल्लेख गर्दै उहाँले हालसम्म तीन लाख पाँच हजारभन्दा बढी युनिक बेटिङ साइट तथा नयाँ बेटिङ एप पहिचान गरी बन्द गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।