काठमाडौं ।सेयर बजार परिसूचक नेप्से फेरि २६ सय विन्दुभन्दा तल झरेको छ।
केही समयदेखि यही आसपास उतारचढाव देखाउँदै आएको बजारमा बुधबार सामान्य गिरावट आएको हो।बुधबार नेप्से ४।८२ अङ्कले घटेर २ हजार ५९८।८९ विन्दुमा रोकिएको छ। कारोबार सुरु भएपछि बजारमा उतारचढाव देखिए पनि अन्त्यमा सूचक सामान्य गिरावटसहित बन्द भयो।यसअघि सरकारले पुँजी बजार सुधारका लागि कार्ययोजना सार्वजनिक गरेपछि बजारमा केही सुधार देखिएको थियो। त्यसअघि पनि नेप्से २६ सय विन्दुभन्दा तल रहेको थियो। पछिल्लो गिरावटसँगै सूचक पुनः त्यही स्तरमा फर्किएको हो।
बजार सूचक घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। बुधबार कुल ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस क्रममा १२ लाख ६५ हजार ३७४ कित्ता सेयर किनबेच भएका छन्।बुधबार कारोबारमा आएका ३५२ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।समूहतर्फ ट्रेडिङ क्षेत्रको सूचकमा सुधार देखिए पनि अन्य क्षेत्रमा उल्लेख्य परिवर्तन देखिएन।