काठमाडौं ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र रसियाबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको हो।वार्ताका क्रममा शिक्षा, खेलकुद र जनशक्ति विकासका क्षेत्रमा दुई देशबीच सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो। मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियाले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षा र खेलकुदमा सहकार्य अझ फराकिलो बनाउनुपर्ने बताएका थिए।भेटमा रसियाका राजदूत भ्लादिमेरोभिकले नेपालका शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी र सहकार्य गर्न आफ्नो देश इच्छुक रहेको धारणा राखेका थिए।उनले नयाँ सहकार्यका क्षेत्र पहिचान गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने बताए।