काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो। यद्यपि, पक्राउको विस्तृत कारणबारे साइबर ब्यूरोले तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन।प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। उनीमाथि विगतमा साइबर कसुरसँग सम्बन्धित विषयमा समेत प्रहरीले अनुसन्धान गरेको थियो। यसपटकको पक्राउपछि उनीमाथि के विषयमा अनुसन्धान अघि बढाइएको हो भन्नेबारे प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी छ।