काठमाडौँ । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा थप दुई जनाको शव फेला परेको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो। यसअघि आइतबार उद्धार टोलीले छवि भोटे र पासाङ भोटेको शव फेला पारेको थियो। पछिल्लो दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउनेको संख्या चार पुगेको हो। हिमपहिरोमा अझै केही व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको एनएनएमजीएले जनाएको छ।