काठमाडौँ । लगातार भइरहेको वर्षाका कारण बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।
पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सोमबार बिहान सडकमाथिबाट पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको हो। स्थानीय हिक्मत धानुकका अनुसार बिहान अचानक पहिरो खसेपछि सडकको आवागमन बन्द भएको छ। पहिरोका कारण उक्त सडक हुँदै सञ्चालनमा रहेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। लगातारको वर्षाका कारण सडक माथिको जमिन कमजोर बनेपछि पहिरो खसेको बताइएको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकहरूलाई आवतजावतमा समस्या भएको छ।