काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकामा गाउँ अधिवेशन सम्पन्न भएको छ।
जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडामा समेत अधिवेशन सम्पन्न भइसकेको छ। गाउँपालिका अधिवेशनबाट नाम्खा गाउँपालिकाको सभापतिमा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सर्वसम्मत चयन भएका छन्।
गाउँ तथा वडा तहको अधिवेशन सम्पन्न भएसँगै अब महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्ने जिल्ला सभापति सिंहले जानकारी दिएका छन्।जिल्लाका बाँकी दुई वडाको अधिवेशन पनि सम्पन्न गरेपछि महाधिवेशन प्रतिनिधि छनोटलगायतका आगामी प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।