काठमाडौं ।कान्ति लोकपथअन्तर्गत बिरखेधारामा खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको छ।
शुक्रबार सडकमा पहिरो खसेपछि केही समय यातायात प्रभावित भएको थियो।भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिएका हुन्।पहिरो हटाइए पनि सडक क्षेत्रमा वर्षाका कारण पुनः जोखिम हुन सक्ने भन्दै यात्राका क्रममा आवश्यक सावधानी अपनाउन मन्त्री लम्सालले सर्वसाधारणलाई आग्रह गरेका छन्।