काठमाडौं ।पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडेका सोनम गुरुङ शुक्रबार बिहानदेखि नदीको खोँचमा फसेका थिए।
उनको मानसिक अवस्था असामान्य रहेको जनाइएको छ।घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नम्बर २९ गुल्मबाट खटिएको टोली गोरखा नगरपालिका–१० स्थित छेबेटार पुगेको थियो। टोलीले जोखिमपूर्ण स्थानमा रहेका गुरुङलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।उद्धारपछि उनलाई छेबेटारस्थित अस्थायी प्रहरी पोस्टमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।