काठमाडौं ।खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
पानीको बहाव बढेसँगै पार्टी कार्यालय आसपासको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ च्यासल पुगेका हुन्। उनले त्यहाँको बाढीको अवस्था तथा सम्भावित जोखिमबारे स्थलगत जानकारी लिएका छन्।वर्षासँगै खोलाको जलसतह बढिरहेका बेला च्यासल क्षेत्रको अवस्थालाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरिरहेको छ।