काठमाडौं ।कोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा जलसतह उच्च भएको छ।
पानीको सतह जोखिमको तहमा पुगेपछि ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको जनाइएको छ।पानीको बहाव निरन्तर बढिरहेको अवस्थामा ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।सम्भावित बाढीको अवस्थालाई ध्यानमा राख्दै नदी किनारका बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ। नदीको बहाव र जलसतहमा थप परिवर्तन आउन सक्ने भएकाले सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेका छन्।