काठमाडौं ।नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो।शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य २ लाख ९९ हजार १०० रुपैयाँ थियो।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५६ हजार रुपैयाँ कायम भएको छ।यता चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी शुक्रबार ३० रुपैयाँ घटेर ४ हजार ६२० रुपैयाँ मा झरेको छ।त्यसैगरी, चाँदीको प्रतिदश ग्राम मूल्य ३ हजार ९६१ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।यससँगै शुक्रबार बहुमूल्य धातुको बजारमा सुन र चाँदी दुवैको कारोबार अघिल्लो दिनको तुलनामा केही सस्तो भएको छ।