काठमाडौं। नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा सितल गिरी निर्विरोध निर्वाचित भएका छन्।
तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा मेलबर्नका गणेश पौडेलले सहमतिमा उम्मेदवारी फिर्ता लिएपछि गिरीसहित नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। निर्वाचन समितिका अनुसार आपसी छलफल र सहमतिका आधारमा केन्द्रीय समिति तथा विभिन्न राज्य समितिका पदाधिकारी चयन गरिएको हो। उपसभापतिमा रोहित खड्का र समीर खतीवडा तथा महामन्त्रीमा दिनेश बञ्जारा र सुबिन राज वाग्ले निर्विरोध चयन भएका छन्। त्यस्तै सहमहामन्त्रीमा विशाल पोखरेल र विशाल बाबु कोइराला चयन भएका छन्।
विभिन्न राज्य समितिको नेतृत्वमा पनि नयाँ पदाधिकारी चयन गरिएको छ। वेस्टर्न अष्ट्रेलियाको संयोजकमा सुशान्त सुवेदी ‘मिकी’, क्वीन्सल्यान्डमा सुभाष प्रसाईं, नर्दन टेरिटोरीमा मनीष सिम्खडा, न्यू साउथ वेल्समा दियाल गिरी ‘राजु’, साउथ अष्ट्रेलियामा भीमप्रसाद न्यौपाने, क्यापिटल टेरिटोरीमा प्रेमबहादुर रायमाझी र तास्मानियामा अनिल ढकाल चयन भएका छन्। भिक्टोरियामा भने उम्मेदवारबीच सहमति जुट्न नसकेपछि संयोजक चयनका लागि निर्वाचन प्रक्रिया पछि सारिएको जनाइएको छ। नवनिर्वाचित कार्यसमितिमा विभिन्न क्षेत्रबाट आएका सदस्यहरू समेत रहेका छन्।