काठमाडौं ।ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा ठूलो आगलागी हुँदा करिब १० वटा घरमा क्षति पुगेको छ।
आगलागीको खबरपछि नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं। १ कञ्चनजंघा गुल्मबाट समेत सुरक्षाकर्मी खटाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।दोभान क्षेत्रमा करिब ५० घरधुरी रहेको बताइएको छ। आगो थप घरमा फैलिन नदिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संयुक्त रूपमा नियन्त्रणको प्रयासमा जुटेका छन्।प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आगो निभाउन दमकलसमेत प्रयोग गरिएको छ। आगलागीबाट भएको क्षति र आगो लाग्नुको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।