काठमाडौं । लगातारको वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ।
काल्चेमाल्टा क्षेत्रमा ठूलो पहिरो खसेपछि सडकमा सवारी आवागमन रोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।पहिरो खसेको स्थान भट्टेडाँडाबाट करिब पाँच किलोमिटर अगाडि मकवानपुरतर्फ रहेको बताइएको छ। सडक अवरुद्ध भएपछि पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।लगातारको वर्षाका कारण थप पहिरोको जोखिमसमेत रहेकाले उक्त सडकखण्डमा यात्रा गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको