काठमाडौं । चितवनसहित देशका विभिन्न क्षेत्रमा आगामी केही दिन भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ।
मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार वर्षा बढ्न सक्ने भएकाले बाढी, डुबान तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नागरिकलाई आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको हो।प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएको छ। यात्रा गर्नैपर्ने अवस्था आएमा सम्बन्धित सडकको अवस्था सुरक्षा निकाय वा स्थानीय तहबाट बुझेर मात्र अघि बढ्न आग्रह गरिएको छ।
यात्राकै क्रममा मौसम प्रतिकूल बनेमा गन्तव्यसम्म पुग्न हतार गर्नुभन्दा नजिकैको सुरक्षित स्थानमा बसेर अवस्था सामान्य भएपछि मात्रै यात्रा अघि बढाउन प्रशासनले अनुरोध गरेको छ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी तथा खोलाको किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जोखिम बढे सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। स्थानान्तरणका क्रममा कुनै समस्या आए स्थानीय तह वा नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।
मौसमको अवस्था हेरेर सडक आवागमन जुनसुकै बेला प्रभावित वा बन्द हुनसक्ने भएकाले आवश्यक तयारी अवस्थामा रहन पनि प्रशासनले भनेको छ।
त्यस्तै, तटीय क्षेत्रमा रहेका होटल, रेस्टुरेन्ट, विद्यालय तथा कलकारखानाले परिस्थितिअनुसार छोटो सूचनामै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न प्रशासनले आग्रह गरेको छ।संसद्ले कानुन निर्माण गर्ने र कानुनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी न्यायपालिकाको रहेको उल्लेख गर्दै उनले अदालतलाई नियन्त्रणमा राख्ने नभई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे।उनले संविधानमार्फत न्यायपालिकाको संरक्षण गर्नुपर्ने र अदालतको प्रभावकारिता बढाउन न्याय परिषद्लाई थप सक्षम तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।