काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि सहयोग जुट्ने क्रम जारी छ।
सरकारले विपद् प्रभावितको उद्धार तथा राहतका लागि सञ्चालन गरेको कोषमा हाल १५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न बैंक खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर गरी उक्त रकम जम्मा भएको हो।सरकारले यसअघि नै कोषबाट एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि उपलब्ध गराइसकेको छ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोषमा २० करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम थपिएको छ। बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग रकम संकलन हुने क्रम अझै जारी रहेको छ।