काठमाडौं ।सोलुखुम्बुमा घर तथा गोदामको ताला फोडेर भाँडाकुँडा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका–७ स्थित एक निजी गोदाम र घरको ढोकाको ताला फुटाएर तामा, काँस र पित्तलका भाँडाकुँडा चोरी भएको थियो।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा लिकुपिके गाउँपालिका–२ का २७ वर्षीय एक पुरुष, सोलुदुधकुण्ड नगरपालिका–६ का ३८ वर्षीय अर्का पुरुष तथा कानुनी कारणले पहिचान गोप्य राखिएका १७ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको छ।उनीहरूको साथबाट चोरी भएका तामा, काँस र पित्तलका करिब ५० किलो भाँडाकुँडा बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत सोलुखुम्बुबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।